पोखरा ।
लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एम क्लस्टर एक अन्तर्गत पर्ने क्लबहरुले विपन्न र विपदमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले गन्तब्य भैपरी अक्षयकोष स्थापना गरेको छ ।लायन्स क्लव अफ पोखरा डेस्टिनेसनका पूर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा क्लबका सदस्य एवं शुुभचिन्तकहरुको उपस्थिती एवं सहयोगमा विपन्न र विपदमा परेका दुई जनालाई सहयोग गर्ने उद्देश्यले दुुई लाख बाइस हजार दुुई सय बाइस रुपैयाको अक्षयकोष स्थापना गरेको हो ।
क्लबका अध्यक्ष खेमराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कायृक्रममा सिग्नेचर प्रोजेक्ट एक्सपर्ट शारदामोहन काफ्ले, क्लस्टर एक का क्लस्टर चिफ लक्ष्मण तिमिल्सिना, रिजन १ का रिजन चियर पर्सन लक्ष्मी कोइराला, जोन चियर पर्सन सम्झना रानाभाट पूर्व अध्यक्ष राम प्रसाद तिमिल्सिना, सन्तोष शर्मा, कार्यक्रम संयोजक राजु पौडेल लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव छवि पनेरुले गरेका थिए ।
यसैबिच क्लस्टर एक अन्तर्गत पर्ने लायन्स क्लव अफ राइजिंग स्टारको आयोजनामा मादीमा पहिरोबाट प्रभावित भएकाहरुलाई खाद्यान्न वितरण गरेको छ ।क्लबका अध्यक्ष थमनसिंह गुरुङको अध्यक्षता तथा डिस्ट्रिक ३२५ एमका फ्रस्ट भाइस गभर्नर धनीराम बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिजन चेयर पर्सन फणिन्द्र राज शर्मा लगायतको उपस्थिती रहेको थियो ।
पहिरो प्रभावितहरुलाई खाद्यान्न सहयता संगै मादी गाउँपालिका ११ तल्लो सापले निबासी पहिरोप्रभावित ओम बहादुर गुरुङलाई पचास हजार पाँच सय पचपन्न रुपैया आर्थिक सहयोग गरिएको जोन चियर पर्सन रामचन्द्र पौडेल रामुले जानकारी दिए ।त्यस्तै बिरौटा साझा चौतारीको आयोजनामा पोखरा १७ हरीहर मन्दीरमा खाद्यान्न एव पानी वितरण गरेको छ । क्लबका अध्यक्ष मेनका पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक ३२५ एम का सिग्नेचर प्रोजेक्ट चिफ कुलचन्द्र शर्मा, क्लवका पुर्व अध्यक्ष दुर्गा आचार्य, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
लायन्स क्लव अफ कालिका भ्यु टाउनको आयोजनामा पोखरा २८ मा ५३ वटा विरुवा रोप्नुको साथै गोडमेल कार्य गरीएको छ । क्लवका अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता डिष्ट्रिक सेक्रेटरी शिवराज आचार्यले गरेका थिएभने क्लस्टर १ का क्लस्टर प्रमुख लक्ष्मण तिमिल्सिना, रिजन चियर पर्सन युवराज पौडेल, जोन ६ का जोन चियर पर्सन श्याम प्रसाद तिमिल्सिना, क्ववका पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।













