प्रहरीका ९ जना डीएसपीको काज सरुवा, वडा प्रहरी कार्यालय बैदाममा सन्तोष निरौला

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरुको काज सरुवा गरेको छ । कास्की बैदामका डिएसपी राजेन्द्र श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय स्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरमा युवराज तिमिल्सिनालाई पठाइएको छ । कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा सन्तोष निरौला, रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राई, र मोरङको इलाका प्रहरी कार्यालय पथरीमा मोहनविक्रम दाहाललाई सरुवा गरिएको छ ।

भोजपुरमा कार्यरत सुदिप राज पाठकलाई विशेष ब्युरोमा ल्याइएको छ ।

  • ५ श्रावण २०८१, शनिबार १७:१६ प्रकाशित