पोखरा ।
जिल्ला कारागार कास्कीमा रहेका महिला बन्दीहरुलाई लक्षित गरी महिला पर्यटन ब्यवसायी मञ्च कास्कीले महिलाहरुलाई आवश्यक सामाग्री वितरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा महिला पर्यटन ब्यवसायी मञ्च कास्कीले कारागारमा रहेका महिला बन्दीहरुलाई लक्षित गरी १२ सय थान सेनेटरी प्याड, म्याट्रेस १ रोल, र १ थान यूरो गार्ड हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा महिला पर्यटन ब्यवसायी मञ्च कास्कीका अध्यक्ष उमा रेग्मी, संस्थापक अध्यक्ष जमुना पराजुली, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्मा लगायतको उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको मञ्चकी सदस्य तथा कार्यक्रम संयोजक शुसिला भण्डारीले जानकारी दिइन ।













