नवलपुर ।
नवलपरासी पूर्व ( नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –७ त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विनयी त्रिवेणी ७ का १३ वर्षिय आँचल गुप्ता रहेकी छिन । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पुलमा खेल्ने क्रममा उनी एक्कासी नदीमा खसेकी थिइन ।
स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बालिकाका बुवाले बालिकाको शव पोष्टमार्टम गर्न नपर्ने भनेपछि मृतकका परिवारले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरीले जनाएको छ ।













