निशुल्क मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क छोटो अवधिको १५ दिने मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम कम्प्युटर तालिम सम्पन्न भएको छ । गत जेठ १३ देखी प्रशिक्षार्थी अभिमुखिकरण कार्यक्रम सहित शुरु भएको तालिम बुधवार सम्पन्न भएको हो ।

व्यवहारिक शिक्षा र रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटि सँगको साझेदारीमा पोखरा महानगरपालिका द्धारा गण्डकी बहुप्राविधिक शिक्षालय, संचालित छ ।

बिभिन्न प्राविधिक विषय डिप्लोमा इन अटोमोवाइल, सिभिल, फार्मेसी, स्वास्थ्य सहायक, प्रि–डिप्लोमा तह बाल बिकाश सहजकर्ता बिषयको अध्यापन सँगै सिइिभिटिको पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधीका तालिमहरु यस शिक्षालयले प्रदान गरिरहेको छ ।

यसैविच, समापन कार्यक्रममा बोल्दै एसइइ दिएर बसेका बिद्यार्थीको फुर्सदको समयलाइ उत्पादनमुलक बनाउने उद्देश्यले निशुल्क मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम संचालन गरिएको शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताए ।

गत बैशाख ३० गते देखि आवेदन माग संकलन गरि जेठ १३ देखि तालिम सञ्चालन भएको थियो । तालिमका लागि एक सय भन्दा बढीले आवेदन दिएका थिए । उक्त आवेदनहरु मध्य, तालिम योग्यता मापदण्ड पुरा गरेका व्यक्तिहरु २० जनालाइ तालिमका लागि छनौट गरिएको थियो ।

तालिमका लागि आवेदनसँगै जन्मदर्ता प्रमाणपत्र, एसइइ प्रवेशपत्र र वडाको सिफारिस संकलन गरिएको थियो । छनौटमा परेका उक्त २० जना प्रशिक्षार्थिहरुलाइ दैनिक चार घन्टाको दरले तालिम कक्षा संचालन भएको थियो । यस्तो तालिम एसइइ लगत्तै हरेकवर्ष संचालन गरिने पनि शिक्षालयले जनाएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड मा २९, वडा अध्यक्ष श्री प्रसाद गुरुङ, जनप्रकाश माध्यामिक विद्यालयका प्र.अ शेखरनाथ शर्मा, प्रशिक्षक कृष्ण प्रशाद धिताल, विवश भण्डारीको उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रमको संचालन कार्यक्रम संयोजन सन्तोष शर्माले गरेका थिए ।

  • ३० जेष्ठ २०८१, बुधबार २१:२७ प्रकाशित