न्यू ग्यालेक्सीमा एसइइ विद्यार्थी लक्षित कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा । न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूल एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, वास्केटवल अनलाईन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो ।

फुटसल तर्फ विटि ट्रेनि· सेन्टर प्रथम रतुवा एफसी द्धितीय भएका थिए । प्रथमलाई नगद ३० हजार र दोस्रा हुनेलाई १५ हजार ट्रफि मेडल प्रदान गरिएको थियो । त्यसैगरी छात्र वास्केटबल तर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भएका थिए । प्रथमलाई २० हजार र दोस्रालाई १० हजार ट्रफि मेडल प्रदान गरिएको थियो । छात्रा वास्केटबल तर्फ मर्दि हिमाल प्रथम र पश्चिमाञ्चल दोस्रो भएका थिए । प्रथमलाई ८ हजार र दोस्रोलाई ५ हजार ट्रफि मेडल प्रदान गरिएको थियो ।

साथै अनलाइन प्रश्नोत्तर तर्फ प्रथम हुने अनुसा श्रेष्ठ, द्धितीय हुने दिपिका थापा र तृतीय हुने विपिन अधिकारीलाई नगद १५ हजार, ८ हजार र ५ हजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सभाकी उप सभामुख विना कुमारी थापाले शिक्षामा निजी क्षेत्रले गरेको लगानी अतुलनिय रहेको बताइन ।

न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिशन गण्डकी प्रदेशका अध्यक्ष खड्गबहादुर रानाभाट विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, मिस एसइइ गण्डकीका निर्देशक सुरज मगर लगायतले बोलेका थिए ।

  • २७ जेष्ठ २०८१, आईतवार २०:२९ प्रकाशित