शुभ अधिकारी ट्राभल्सद्धारा एसि र सोफा सहितको एयर सस्पेन्सन बस सञ्चालन

केन्द्रभाग मिडिया

पोखरा ।
शुभ अधिकारी ट्राभल्सले   एसि र सोफा सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहेर सोमबार सांझ पोखरा देखी काठमाण्डौका लागि सञ्चालनमा आएको बस सेवाको उद्घाटन गर्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले आफुहरुको कम्पनी अन्तर्गत स्तरीय बस सञ्चालन गर्ने क्रममा शुभ  अधिकारी ट्राभल्स मार्फत सोफा सहितको एसि बस सञ्चालनमा आएकोमा आभार प्रकट गरे ।

आफुहरुको सवारीले सुरक्षित रुपमा गन्तब्यमा पुु¥याउने भएकाले यात्रुुहरुलाई ढुक्क भएर पृथ्वी राजमार्गका सवारीमा यात्रा गर्न समेत आग्रह गरे । प्रतिस्पर्धाको बजारमा जाँदै गर्दा कम्पनिले पुराना सवारीलाई बिस्थापित गर्दै स्तरिय बसहरु सञ्चालन गर्दै आइरहेको भएतापनि सडकका कारणले सञ्चालित यातायातका साधनहरु छिट्टो थोत्रो हुने र सरकारले सार्वजनिक सवारीलाई हेर्ने नजर नफेरिकै कारण लगानीको सुनिश्चितता नभएको समेत उनको भनाइ रहेको थियो ।

राज्यले सडक निर्माणमा चासो देखाइदिएमात्र पनि आफुहरुको समस्या हल भएर जाने र नीति निर्माणमा समेत राज्यले चासो देखाउन आवश्यक रहेको अध्यक्ष केसीले बताए । दुर्घटना हुँदा क्षती पूर्ति र सामाजिक उत्तरदायित्व बहनमा समेत यातायात क्षेत्रले ठूलो भुमिका खेलेको भएतापनि त्यस तर्फ सरकारले कुनैपनि चासो नदेखाएको उनको भनाइ रहेको थियो ।

शुभ अधिकारी ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठीले सोमबार देखी सञ्चालनमा आएको एसी र सोफा सहितको बस हरेक सांझ ७ बजे कम्पनीकोे कार्यालय पोखरा जिरो किमीबाट छुट्ने र सोही समयमा काठमाण्डौको जोरपाटीबाट पोखराका लागि बस छुट्ने बताए ।

त्रिपाठीका अनुसार सोमबार बाट सञ्चालनमा आएको बस एयर सस्पेन्सन भएका कारण जम्पिङ नहुने र यात्राका लागि जुनसुकै उमेर समुहका लागि सहज हुने समेत वताए । बसमा सवार यात्रुलाई खाजा र पानी निशुल्क र रात्री सेवा भएकै कारण यात्रुहरुलाई ब्लाङकेटको सुविधा उपलब्ध गराइएको र बसभाडा बाह्र सय रुपैया कायम गरिएको समेत उनले बताए । एक करोड १० लाखको लगानीमा बस सञ्चालनमा ल्याएको बताउदै त्रिपाठीले विगत ३० वर्षदेखी यातायातको क्षेत्रमा काम गर्दै आइरहेको भएतापनि राज्यले सार्वजनिक सवारी साधनलाई हेर्ने नजर फरक रहेको र नेपालको सडकको अवस्थाका कारण सार्वजनिक यातायात सञ्चालकहरुले मार खेपिरेहेको समेत बताए ।

सवारीमा क्षती हुने र अस्वस्थ प्रतिस्पर्धाकै कारण कति सवारी सञ्चालन गर्ने हो भनी एकिन नहुदा लगानीमा थप चुनौती रहेको उनको भनाइ रहेको थियो ।अधिकारी ट्राभल्सका डाइरेक्टर टिकाराम अधिकारीले समयको माग अनुुसार शुभ अधिकारी टुुर्स एण्ड ट्राभल्सले सुुविधा सम्पन्न काठमाण्डौ पोखरा र पोखरा काठमाण्डौ बस सञ्चालनमा ल्याएको वताए ।

२०७२ सालमा आफु पर्यटक बसपार्कमा जाँदा खेरी एकजना आमाले पर्यटक बसमा पर्यटकमात्र चढाइएकै कारण उनले पर्यटक बसमा चढ्न नपाएको दुखलाई देखेर आफुहरुको कम्पनीले स्तरीय बसहरु सञ्चालनमा ल्याएको बताउदै जो सुकैलाई पनि सेवा दिने उद्देश्यले आफुहरुले स्तरिय बस सञ्चालनमा ल्याएको उनको भनाइ रहेको थियो ।

  • २१ जेष्ठ २०८१, सोमबार २३:१९ प्रकाशित