फेवातालमा डुंगा दुर्घटनामा परेकी अष्ट्रियाकी युवतीको सकुसल उद्दार

केन्द्रभाग मिडिया

पोखरा ।
फेवातालमा हावाहुरीका कारण डुंगा दुर्घटना भएको छ । बिहीबार अपरान्ह साढे ४ बजेतिर डुंगा दुर्घटनामा परेकी अष्ट्रियाकी युवतीलाई  सकुसल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी गण्डक कालिकाका अनुसार हावाहुरीको कारण पोखरा महानगरपालिका–१८ रातमाटेस्थित फेवा तालमा डुंगा चलाउँदै गरेकी अष्ट्रियाकी नागरिक २७ वर्षीया लाउराले चलाएको काठको डुंगा दुर्घटनामा परेको हो । डुंगामा उनी मात्रै सवार रहेकी थिइन् ।

सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका मालेपाटनबाट खटिएको उद्दार टोलीले २५ मिनेटभित्रै सकुसल उद्दार गरेको सशस्त्र प्रहरी गण कालिकाका प्रवक्ता लिला भुजेलले जानकारी दिए ।

  • १७ जेष्ठ २०८१, बिहीबार १८:४७ प्रकाशित