प्रतिनिधिसभा बैठक २ घण्टा ढिला सुरु, सुरुवातमै कांग्रेसको अवरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्धारित समयभन्दा २ घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो।

शुक्रबारको बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने बित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर अवरोध गरेका छन् ।

प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको छ । सभामुखले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन ।

  • २८ बैशाख २०८१, शुक्रबार १६:२४ प्रकाशित