माछापुच्छ्रे बैकद्वारा विद्यालयलाई कम्पयुटर र प्रिन्टर सहयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।
माछापुच्छ्रे बैंकले विद्यालयलाई कम्प्युटर र कलर प्रिन्ट सहयोग गरेको छ । सो बैंकले धादिङको सिम्ले शाखाले धादिङ्वेशी नगरपालिका–६ मा रहेको कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठन पाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उद्देश्यले उक्त सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।

  • २८ बैशाख २०८१, शुक्रबार ०८:४३ प्रकाशित