नेपाल उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए । उनले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताए । उनले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताए ।

उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । उनले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए । उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।

  • २६ बैशाख २०८१, बुधबार १६:४१ प्रकाशित