बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई

केन्द्रभाग मिडिया

 

चितवन ।
बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा रहेको बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ ।

लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

लजले यस खालको सरसफाइ हरेक बर्ष गर्दै आइरहेको थनेतले बताए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

रिसोर्टले वातावरण संरक्षणलाई विशेष जोड दिएकाले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको ९आउटस्ट्याण्डिङ प्राक्टिस० बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ ।

हालै ‘आइएसओ -१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ।

चितवन मेघौलीमा रापती नदी किनारमा रहेको लज जंगल थीममा बनेको छ । १२ हेक्टर भूभागमा विस्तार भएको यस लज परिसरमै बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा गैडा, बाघ,भालु, गोहि लगायत विभिन्न प्रजातीका जरायो र पंछीहरु रमाएको दृश्यावलोकन गर्न सकिन्छ ।

  • २६ बैशाख २०८१, बुधबार १५:४४ प्रकाशित