त्रिविले पुराना सबै नतिजाहरू असारभित्र प्रकाशन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

परीक्षा दिएको वर्षौ बितिसक्दा नी नतिजा सार्वजनिक नभएपछि सामाजिक सञ्जालमा पछिल्लो समय त्रिविको आलोचना हुने गरेको छ ।

आलोचनाको बिच त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशन गर्ने बताएको छ । त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पुरानो नतिजा असारभित्र प्रकाशित गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

‘हामी आइसकेपछि पुराना नतिजाहरू के कति बाकी छ, त्यसको रिपोर्ट लिइरहेका छौँ । पुराना सबै नतिजा असारभित्र प्रकाशन गर्ने गरी तयारी गरेका छौँ । ढिलोमा असारभित्र पुरानो परीक्षाको नतिजा प्रकाशित हुन्छ,’ रजिस्ट्रार रिजालले भनेका छन्।

त्रिविले एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । कर्मचारीको अभावमा नतिजा प्रकाशन गर्नमा ढिलाइ भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

  • २६ बैशाख २०८१, बुधबार १५:१८ प्रकाशित