जसपा नेपालको केन्द्रीय कमिटी बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको छ ।

बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताइएको छ । साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।

हालै पार्टीका नेता अशोक राईको नेतृत्वमा सात जना सांसदहरूले नयाँ पार्टी स्थापना गरेका छन् । उनीहरूको निवेदनउपर कारबाही गर्दै निर्वाचन आयोगले सोमबार नै पार्टी दर्ताको गरिसकेको छ ।

  • २६ बैशाख २०८१, बुधबार ०९:२४ प्रकाशित