पार्टी फुटेपछि उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी  (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ । पार्टी फुटेपछि गए राति मात्र स्वदेश फर्किएका यादवले लगत्तै प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादव पार्टी विभाजनपछि सरकारमा सहभागी हुने या नहुनेबारे परामर्शमा छन् ।यादवले आजै पार्टीका नेताहरुसँग विभाजनका विषयमा छलफल गर्ने भएका छन् ।

  • २५ बैशाख २०८१, मंगलवार १०:५७ प्रकाशित