एमालेको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको प्रशिक्षण सोमबार पोखरामा सम्पन्न भएको छ । प्रशिक्षण तिन दिन सम्म चलेको थियो ।

प्रशिक्षण समापनका अवसरमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले प्रशिक्षण पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयनमा फलदायी भएको र सुखी नेपाल सम्बृद्ध नेपालको आधार निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

सो प्रशिक्षण नियमित वार्षिक रूपमा आयोजना हुने भन्दै स्थानीय तहमा रहेका आफ्ना जनप्रतिनिधिलाई कार्य सम्पादनमा दक्षता बढाउदै एमालेलाई बलियो राष्ट्रीय शक्तिका रूपमा स्थापित गराउने उद्देश्य रहेको बताए ।

कार्यक्रममा पोलिटब्युरो सदस्य मना केसी ले प्रशिक्षणले कार्य दक्षता बढाउन सहयोगी हुने उल्लेख गर्दै पार्टी र स्थानीय जनप्रतिनिधिहरू बीच समन्वय र सहकार्यमा फलदायी हुने उल्लेख गरे ।

oplus_0

एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्माको अध्यक्षतामा सम्पन्न समापन समारोहको सञ्चालन प्रदेश कमिटी सचिव धनन्जय दवाडीले गरेका थिए ।

तिन दिन सम्म चलेको सो प्रशिक्षणमा उप –महासचिव प्रदिप ज्ञवाली सहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल, सोहि विभागका सचिव हर्कराज राइ, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल, प्राध्यापक डाक्टर तत्व तिम्सिना सहितका नेताहरूले सहजिकरण गरेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव दवाडीले जानकारी दिए।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख ,उप–प्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उप-प्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको नेकपा एमाले गण्डकी प्रदेशका स्थानीय तह विभाग प्रमुख एवम प्रदेश कमिटी सदस्य लिलाधर पौडेलले जानकारी दिए ।

  • २४ बैशाख २०८१, सोमबार १५:३७ प्रकाशित