गृहमन्त्री लामिछाने र मलेसियाका गृहमन्त्रीबिच फोनवार्ता : ‘जीबी राई’ बारे कुराकानी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ । गत १८ वैशाखमा दुई मन्त्रीबिच कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

फोन वार्ताका क्रममा गृहमन्त्री लामिछानेले मलेसियामा नेपाली श्रमिक धेरै रहेको र उनीहरूको सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए । दुई मन्त्रीहरूको बिचमा मलेसियामा लुकेर बसेका गितेन्द्रबावु ९जीबी० राईबारे पनि कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले जानकारी दिएकी छिन्

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राई विरुद्ध रेड नोटिस जारी भएको छ । पछिल्लोपटक उनी मलेसियामा ‘लोकेट’ भएका थिए ।

  • २३ बैशाख २०८१, आईतवार १७:०५ प्रकाशित