विश्व सम्पदा दिवशको अवसरमा सुनिल उलक सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।

आज विश्व सम्पदा दिवश । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ । पोखरामा नागरिक पोखराको आयोजनामा सम्पदा संरक्षण सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ । पुराना र ऐतिहासिक एवं विभिन्न सम्पदाका फोटोहरु संकलन र संरक्षण गरेर सम्पदा संरक्षणमा योगदान दिएको भन्दै सुनिल उलकलाई सम्मान गरिएको हो ।

उलकलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले दोशल्ला, माला र सम्मान पत्रले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै उनले उम्मानित व्यक्तित्व सुनिल उलक नेपालको सम्पत्ति भएको चर्चा गरे । प्रमुख आचार्यले सम्पदा संरक्षण दिवशमा संरक्षणकै लागि महत्वपूर्ण योगदान दिएको व्यक्तिलाई सम्मान गरेकामा आयोजक संस्था प्रति आभार प्रकट गरे ।

सम्मानित व्यक्तित्व सुनिल उलकले सम्मानले आफूलाई उर्जा मिलेको भन्दै आफ्नो कामलाई निरन्तरता दिने बताए । काम गर्दैजाँदा सम्मानित भइएको भन्दै उनले नागरिक समाज पोखरा प्रति आभार प्रकट गरे ।

नागरिक समाज कास्कीका संयोजक शिवहरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधान, प्रदेश संग्रहालय पोखराका प्रमुख करुणा राई र पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले बोलेका थिए । सो अबसरमा सम्मानित व्यक्तित्वका बारेमा नागरिक अगुवा एवं नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर पौडेलले जानकारी गराएका थिए ।

कार्यक्रममा स्वागत गर्दै पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले पोखराको बजारको सुभारम्भव स्थल एवं सम्पदाले भरिपूर्ण स्थलमा गरिएको सम्मान कार्यक्रमले वडाको गरिमा बढाएको बताए ।

  • ६ बैशाख २०८१, बिहीबार ०९:५६ प्रकाशित