पर्यटन वोर्ड द्धारा पर्यटक प्रहरीलाई ई साइकल प्रदान

केन्द्रभाग मिडिया

पोखरा ।
पर्यटन वोर्ड पोखराले पर्यटक प्रहरी पोखरालाई दुई थान विधुतिय साईकल हस्तान्तरण गरेको छ । पोखरा पर्यटकीय राजधानी घोषणा संगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी स्रोत साधनको अभावमा हुने स साना समस्याहरुको समाधान तथा पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्नको लागि पर्यटन वोर्ड पोखराले पर्यटक प्रहरी पोखरालाई दुई थान विद्युतिय साइकल प्रदान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापा, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्ययागमन कार्यालय कास्कीका प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मी लगायतको उपस्थितीमा काइसाइ इलेक्ट्रीक साइकल तीन सय वाट ब्रसलेस मोटर अठचालिस भोल्ट लिथियम ब्याटरी खरीद गरी नेपाल पर्यटन बोर्डका निमित्त कार्यालय प्रमुख नविन पोख्रेलले उक्त साइकलको चाबी हस्तान्तरण गरेका हुन ।

 

उक्त साइकल मार्फत पर्यटकीय राजधानी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकहरुको बढी आवतजावत हुने स्थानहरुमा गस्ती गरी सुरक्षित पर्यटकीय वातावरण महशुस हुने गरी कार्य गर्न अझ वढी उत्प्रेरणामुलक वातावरण बनेको पर्यटक प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

  • २ बैशाख २०८१, आईतवार २१:४१ प्रकाशित