छोरेपाटन माविका शिक्षकहरुलाई अभिभावक शिक्षा तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका शिक्षकहरुलाई पाँच दिने अभिभावक शिक्षा तालिम आईतबार देखि सुरु भएको छ ।

तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रशिक्षक लक्ष्मी शर्मालाई तालिमको कोर्षबुक हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै उनले पढ्ने विद्यार्थीहरु र पढाउने शिक्षकहरु हरेक दिन अपडेट हुनु पर्ने र अपडेट हुनका लागि रिफ्रेसमेन्ट अनिवार्य रहेको वताउँदै अभिभावक शिक्षा तालिमले शिक्षाको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरेका थिए ।

सो अवसरमा विद्यालयका सल्लाहकार भेषराज वराल, तिर्थराज अधिकारी, शिक्षक अभिभावक संघका सदस्य देवि प्रसाद वस्याललगायतले वोलेका थिए । विद्यालयका ३५ जना शिक्षकहरुको लागि दिइने उक्त तालिममासहजिकरण युनिसेफ नेपाल की अभिभावक शिक्षा सम्बन्धि प्रशिक्षक लक्ष्मी शर्माले गर्ने सहप्रधानाध्यापक खेमराज वरालले वताए ।

विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन र संचालन सहप्रधानाध्यापक मेघनाथ पौडेले गरेका थिए ।

  • २ बैशाख २०८१, आईतवार २०:४९ प्रकाशित