आगामी वैशाखको १० देखी १२ सम्म दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी बैशाखको १० देखि १२ गते सम्म पोखरा सभागृहमा दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमका विषयमा विद्यार्थी एवं सरोकारवालाका लागि जानकारी सहितको परामर्श प्रदान गरी बेरोजगारका लागि रोजगारीको अवसर र रोजगार दाताका लागि कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा बिकास गरी रोजगार बिनियम प्रणाली बिकास गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा वोल्दै वृत्ति परामर्श तथा रोजगार मेलाका सूचना, प्रचा प्रसार उपसमितिका संयोजक अम्बिका प्रसाद आचार्यले रोजगार मेलामा विशेष गरी उच्च शिक्षा अध्ययन र रोजगारी सृजना, उद्यमशिलता र रोजगारी विषयमा विज्ञहरुबाट स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक नीजि साझेदारी, उद्यमशिलता, रोजागारी र शिक्षा, आन्तरिक श्रम बजार अवसर र चुनौती, ब्यवसाय बिकास र लगानी वातावरण लगायतका विषयहरुमा टल्क शो कार्यक्रम आयोजना हुने वताए ।

तीन दिन सम्म आयोजना हुने मेलाले शिक्षा, तालिम, सीप परीक्षण, औद्योगिक प्रशिक्षार्थी तालिम जस्ता विषयमा विद्यार्थी र अभिभावकका लागि वृत्ति परामर्श सेवा उपलब्ध गराइ बेरोजगारहरुका लागि रोजगारीका अवसर र श्रम बजारमा रहेका रोजगारदाताहरुका लागि दक्ष जनशक्ति कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा बिकास हुने अपेक्षा राखिएको छ ।रोजगार मेलामा कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, ईक्यान, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान, निर्माण ब्यवशाय, आइटी व्यवशाय, मुद्रण ब्यवशाय, अटो मोवाइल्स, अडिटर एसोसियसन, बैंक तथा वित्तिय संस्था, घरेलु तथा साना उद्योग, नव उद्यमी ब्यवशाय, नव प्रवर्तनात्मक अभ्यास, विद्यालय क्याम्पस, विश्वविद्यालय, तालिम तथा रोजगारदाता संस्थाहरु लगायतको स्टलहरु रहनेछन ।

मेलाबाट वृत्ति परामर्श सम्बन्धी सेवा प्रदान, बेरोजगारहरुका लागि रोजगारको अवसर जुटाउने, शिप परीक्षण र प्रमाणीकरणबारे जानकारी गराउने, सिपमुलक तालिमका अवसरहरुको जानकारी गराउने, स्थानिय जनशक्तिलाई स्थानियस्तरमै रोजगार दिलाउने, श्रम बजारमा दक्ष जनशक्ति कामदार उपलब्ध गराउने, विभिन्न रोजगारीका सम्भावित क्षेत्र र अवसरहरुबारे जानकारी गराउने, विद्यालय तहको अध्ययन पश्चात के पढ्ने, के सिक्ने भनेर अल्मलिएकाहरुलाई परामर्श सेवा प्रदान गर्ने, तालिम तथा रोजगार व्यवशस्थापन सूचना प्रणली टीइएमआइएस भरी रोजगारीकोक अवसर र दक्ष जनशक्तिको बारेमा जानकारी लिनेदिने, प्राविधिक शिक्षा तथा व्यवसायीक सीप हासिल गर्न चाहनेहरुलाई अवसर प्रदान गर्न र छात्रवृत्ती प्राप्त गरी अध्ययन गर्न चाहनेहरुलाई जानकारी दिने लक्ष्य राखिएको छ ।

  • ३० चैत्र २०८०, शुक्रबार ११:५१ प्रकाशित