अधिकारीले लिए मुख्यमन्त्रीको सपथ, चुमान र मनाङे विना विभागीय मन्त्री

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमालेका २२, माओवादी केन्द्र का ८ (सभामुखसहित) र नेकपा एकीकृत समाजवादीबाट राजिनामाको घोषणा गरेका दीपक मनाङे गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।

नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे) ले पनि शपथ लिएका छन् । चुमान र गुरुङले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । सुरेन्द्र पाण्डे नेतृत्वमा मन्त्री खाएका मनाङे अधिकारीलाई समर्थन जनाउँदै आज फेरि मन्त्री बनेका हुन् ।

  • २५ चैत्र २०८०, आईतवार १६:०८ प्रकाशित