गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री न्युक्त भएका छन् ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज अधिकारीले सभामुख कृष्ण धिताल र नेकपा एकीकृत समाजवादीबाट राजिनामा दिएका राजिव गुरुङको समेत समर्थनमा  मुख्यमन्त्री दाबी गरेका थिए ।

मुख्यमन्त्री अधिकारीको सपथ ग्रहण कार्यक्रम आजै ३ः३० बजे रहेको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।

  • २५ चैत्र २०८०, आईतवार १३:३४ प्रकाशित