उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोले उक्त सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिन भोलि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ।

सोही दिनको अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन २७ चैतको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ।

त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी सोही चुनाव चिह्न प्रदान गर्नेछ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।

 

  • २४ चैत्र २०८०, शनिबार ०८:०९ प्रकाशित