कांग्रेसलाई सरकारको जवाफ : गृहमन्त्रीमाथि छानबिन गर्न आवश्यक छैन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कुनै कारण नभएको बताएको छ ।

विपक्षी दल नेपाली कांग्रेसले समिति गठन नगरेर सदन चल्न दिने अडान लिइरहेको बेलामा सरकारकी प्रवक्ता रेखा शर्माले समिति बनाउने पक्षमा नरहेको बताइन् ।

उनले भनिन्, ‘गृहमन्त्रीको विषयमा प्रधानमन्त्री आफैंले संसदमा बोलिसक्नुभएको छ । संसदीय समितिमा पनि गृहमन्त्री आफैंले पनि आफ्नो कुरा राखिसक्नुभएको छ । र, अहिलेसम्म एथेष्ट तथ्य प्रमाणका आधारमा छानबिन समिति बनाउनुपर्ने स्थिती देखिएको छैन । त्यसैले नबनेको हो ।’

  • २२ चैत्र २०८०, बिहीबार १६:४१ प्रकाशित