सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेद्वारा ह्वीप जारी

केन्द्रभाग मिडिया

धनगढी ।

नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए तर प्रदेश सभाको बैठक दुई घण्टा सारेर ५ बजे बैठक बस्ने भएको छ ।

  • २२ चैत्र २०८०, बिहीबार १६:२६ प्रकाशित