मुख्यमन्त्रीको आग्रहमा सुदूरपश्चिम प्रदेशसभाको बैठक सारियो

केन्द्रभाग मिडिया

धनगढी ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक २ घण्टा सारिएको छ ।मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिए ।बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनेछन् तर सत्ता साझेदार नाउपभित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।

  • २२ चैत्र २०८०, बिहीबार १६:१६ प्रकाशित