एसईईको रुटिन सार्वजनिक, चैत १५ गतेदेखि सुरु हुने (तालिकासहित)

केन्द्रभाग मिडिया

काठमाडौँ ।

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएका छन् ।

पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, तेस्रो दिन गणित र चौथो दिन छैटौं दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ ।यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा पर्नेछन् ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणालीअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।

रुटिन हेर्न यहाँ क्लिक गर्नुहोस्।

 

  • ८ माघ २०८०, सोमबार १३:३३ प्रकाशित