यस वर्षको एसईई परीक्षा चैत पहिलो साता

पास हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ । यस वर्षको एसईई परीक्षा चैतको पहिलो साताबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो ।

परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा हुने बताएको छ । शिक्षा पत्रकार सञ्जाल ९इजोन० ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।
शर्माको अनुसार माघको पहिलो सातामा रुटिन निकाल्ने तयारी भएको छ । संसद्मा विद्यालय शिक्षा विधेयक पास भएर कानुन नबनेसम्म एसईई हुने प्रष्ट पारेका हुन् । ‘

बोर्डले प्रश्नपत्र निर्माण तथा सर्टिफिकेटिङको काम गर्ने र परीक्षा सञ्चालन तथा व्यवस्थापनको काम प्रदेशले गर्ने उनले प्रष्ट पारे । सर्टिफिकेटिङको काम राष्ट्रिय परीक्षा बोर्डबाट मात्रै हुने भन्ने कानुनी व्यवस्था रहेकाले एसईई प्रदेशलाई हस्तान्तरण गर्न नसकिएको उनको भनाई छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले प्रभावित पारे पनि परीक्षा नै सञ्चालन गर्न नसकिने गरी समस्या नरहेको बताए ।

 पास हुन ३५ प्रतिशत ल्याउनैपर्ने

यो वर्षदेखि पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए ।

यस वर्षदेखि नन ग्रेडिङ लागू हुने भएकाले ३५ प्रतिशत सबै विषयमा ल्याउनै भएको हो ।

यो वर्षको एसईईका लागि देशभरबाट ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् । यसमा २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिस्ट्रेसन फाराम भरेको बताइएको छ ।

  • २६ पुष २०८०, बिहीबार १४:१० प्रकाशित