माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले कोशीबाट दर्ता गराइन् उम्मेदवारी

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो ।

  • २३ पुष २०८०, सोमबार १३:३४ प्रकाशित