सर्पदंशबाट सिरहाका ११ वर्षीय बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

सिरहा ।

सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय प्रियांसु भगतको सर्पदंशबाट ज्यान गएको छ। घरमा सुतिरहेका बेला सर्पले डसेका प्रिंयासुको सोमबार साँझ ६ बजे उपचारकै क्रममा ज्यान गएको हो।

३ भदौ राति करिब १० बजे प्रिंयासु र उनका ८ वर्षीय भाइ दिव्यांशु भगतलाई सुतिरहेका बेला सर्पले डसेको थियो। प्रिंयासुलाई कानमा र दिव्यांशुलाई खुट्टामा सर्पले डसेको परिवारले जनाएको छ।

सर्पले डसेपछि उनीहरूलाई तत्काल उपचारका लागि लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याएको थियो। उक्त अस्पतालले दुवैलाई विराटनगर रेफर गरेको थियो ।

अस्पतालमा आवश्यक एन्टिस्नेक भेनम ९सर्पदंशविरुद्धको औषधि० उपलब्ध नभएको भन्दै बिरामीलाई विराटनगर रेफर गरिएको परिवारको दाबी छ । तर अस्पतालले भने एन्टिस्नेक भेनम लगाएर विराटनगर पठाइएको बताएको छ ।

विराटनगरमा उपचाररत दाजुभाइमध्ये प्रियांसुको अवस्था गम्भीर बन्दै गएपछि सोमबार साँझ ६ बजे उनको ज्यान गएको दाजु मुकेश भगतले जानकारी दिए।

  • ९ भाद्र २०८३, मंगलवार १६:५७ प्रकाशित