अदालतका फैसलाहरू कार्यान्वयनबारे छलफल गर्दै संसदीय समिति

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदीय समिति अदालतका फैसलाहरू कार्यान्वयनबारे छलफल गर्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले यो विषयमा छलफल गर्नेगरी बैठक राखेको हो ।

समितिको बैठक यही ११ गते बिहीबार बस्नेछ ।समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल गर्ने कार्यसूची छ ।

उक्त बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, मन्त्रालयका सचिव र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक आमन्त्रित छन् ।

  • ९ भाद्र २०८३, मंगलवार १७:०२ प्रकाशित