आज दुई संसदीय समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद्अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।

  • ८ पुष २०८०, आईतवार ०८:५१ प्रकाशित