एन प्यासन कास्कीको ‘बृहत बाल प्रतिभा महोत्सव’ पुस ६ देखि

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल –एन प्याव्सन कास्कीले बृहत बाल प्रतिभा महोत्सव गर्ने भएको छ ।
बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले यहि पुस ६ गतेदेखि ८ गतेसम्म पोखरामा प्रथम बाल प्रतिभा महोत्सव आयोजना गर्न लागेको एन प्याव्सन कास्कीले आज सोमबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

महोत्सव पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने आयोजकले बताएको छ । महोत्सवमा लोकनृत्य प्रतियोगिता, एकल गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, अभिनय प्रतियोगिता र कविता वाचन प्रतियोगिता एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । लोक संस्कृतिको संरक्षण गर्दै विद्यार्थीलाई लोक संस्कृति प्रति आकर्षित गर्नका लागि यी प्रतियोगिताहरु राखिएको अध्यक्ष अधिकारीले बताए ।

महोत्सवमा आविष्कार तथा अपसाईक्लिङ÷रिसाईक्लिङ प्रतियोगिता पनि आयोजना गर्ने एन।प्याव्सन कास्कीले जनाएको छ । विज्ञान तथा प्रविधिको आवश्यक्ता र महत्वलाई आत्मसाथ गर्दै आविश्कार तथा अपसाईक्लिङ÷रिसाईक्लिङ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।

त्यस्तै, मौलिक परम्परागत हस्तकलाबाट निर्मित वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनीपनि महोत्सवमा गरिने उनले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपाली समाजमा लोपोन्मुख अवस्थामा पुगेका पारम्परिक वस्तुहरु पराल, छ्वाली, चोया र पातबाट बनेका सामग्रीको छुट्टाछुट्टै प्रतियोगितात्मक प्रदर्शनी हुनेछन् ।

तीन दिनसम्म महोत्वसमा एन।प्याव्सन कास्कीमा आबद्ध ४७ वटै विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सव सम्पन्न गर्न करीब १५ लाख लाग्ने अनुमान गरिएको एन।प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

  • २ पुष २०८०, सोमबार १६:३४ प्रकाशित