हाम्रा विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल बनाउनुपर्छ : प्रम प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाम्रा विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने गरि अब्बल बनाउनु पर्ने बताएका छन् ।

विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने गरि अब्बल बनाउनु चुनौति रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको समेत बताएका छन् ।

सोमबार आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले त्रिविमा प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण प्रयास भएपनि पर्याप्त नभएको बताए ।

‘आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व र प्रतिस्पर्धाका चुनौतीहरू सम्बोधन गर्न सकिँदैन’ गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प चाहिने भन्दै उनले भने, ‘यस दिशामा विश्वविद्यालय परिवारले थप मिहिनेत गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

आफ्ना विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती भएको उनले बताए ।प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘२१औं शताब्दीको भूमण्डलीकृत विश्वमा विश्वस्तरीय जनशक्ति उत्पादनको प्रतिस्पर्धामा त्रिविले झेलिरहेको समस्या र नागरिकको अपेक्षाबीच असमञ्जस्यको धरातलीय यथार्थता मैले महसुस गरेको छु ।’

भूमण्डलीकृत विश्वको दवाव तत्कालका निम्ति काबुबाहिर देखिएको उनले बताए ।

  • २ पुष २०८०, सोमबार १६:१० प्रकाशित