हिरक जयन्ती शुभारम्भमा सहभागी सबैमा राष्ट्रिय मावीद्वारा आभार प्रकट

केन्द्रभाग मिडिया

पोखरा ।

आफनो स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा २० मंसिरमा आयोजना गरेको प्रभातफेरी सगै हीरक जयन्ती शुभारम्भ समारोहमा सहभागि सम्पुर्णमा पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आभार व्यक्त गरेको छ ।

विद्यालयले बुधबार एक प्रेस विज्ञप्ती जारी गदै प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम सहभागि प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, पोखरा महानगरपालिका विभिन्न वडाका जनप्रतिनिधिहरु सगै वडा शिक्षा समितिका सदस्यहरु, सुरक्षाकर्मी, पत्रकार, सशस्त्र प्रहरी बल नेपाल ४ नं बाहिनीको ब्याण्ड, छिमेकी विद्यालयहरु, आमा समूह, टोल विकास संस्था, धार्मिक, साँस्कृतिक, सामाजिक, विभिन्न जातीय संघ संस्थाहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, युवा क्लब, विद्यालयका पुर्व प्रधानाध्यापक, शिक्षक एंव कर्मचारीहरु, पुर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ, अभिभावकहरु, हीरक महोत्सव मूल आयोजक समितिका पदाधिकारी र सदस्यहरु सगै विभिन्न उपसमितिका संयोजक एवम् सदस्यहरुप्रति कार्यक्रमलाई सफल तुल्याउन अतुलनीय योगदान र सद्भावयुक्त, स्नेही र प्रेमिल सहभागिताका लागि विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा र प्रधानाध्यापक ईश्वरी सापकोटाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा सवैको उत्साहजनक सहभागिता हाम्रो लागि उत्प्रेरणा र ऊर्जाका स्रोत हुनेछन् भन्ने विश्वासका साथ आगामी दिनमा पनि यस्तै सहभागिता र उत्प्रेरणाको अपेक्षासहित विद्यालय परिवार सम्बद्ध सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ भनिएको छ । यसै गरि विज्ञप्तीमा विद्यालयका संस्थापक पदाधिकारीहरु एवम् सदस्यहरु, जग्गादाता र विद्यालयलाई यहाँसम्म ल्याई पुरÞ्याउन योगदान गर्नुहुने अग्रजहरुप्रति उच्च सम्मान समेत व्यक्त गरिएको छ ।

२० मंसिरमा विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक जयन्ती आउदो एक वर्षसम्म अर्थात २० मंसिर ०८१ सम्म विविध कार्यक्रम गरि मनाउने भएको हो । यस अघि २० मंसिरमा विद्यालय स्थापना भएको पोखरा ३ नदिपुर स्थित नारायण स्थान मन्दिरबाट प्रभातफेरी कार्यक्रम निकालिएको थियो । नदिपुरबाट निकालिएको प्रभातफेरी पुरानो टुँडिखेल स्थित विद्यालय परिसरमा आएर शुभारम्भ समारोहमा परिणत भएको थियो ।

२० मंसिर २००६ मा पब्लिक मिडिल स्कुलको नामबाट पोखरा ३ नदिपुरमा संचालित विद्यालयलले २००७ मा स्थाही स्कीकृती पाएसगै राजा त्रिभुवनले एक हजार दिएपछि विद्यालयको भवन निमार्णको काम सुरु भएको थियो । नदिपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय सार्नका लागि उपयुक्त जमिनको खोजी भएको थियो । सोही क्रममा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा आईपुगेको हो । त्यसपछि श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबिच भवन निमार्ण सम्झौता भएको थियो ।

भवन निमार्णको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तिर्ण भएका थिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागु हुनु पुर्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो ।

हाल विद्यालयका इसिडि देखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ । २०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु र्भको विद्यालयका हाल ४४ जिल्लाका गरि एक हजार चार सय विद्यार्थीहरु अध्य्यनरत रहेका छन् भने ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत रहेको सुचना अधिकारी शिवभक्त देवकोटाले जानकारी दिए ।

 

  • २७ मंसिर २०८०, बुधबार १९:५२ प्रकाशित