आइएसएमटी कलेज पोखराको आकर्षक छात्रवृत्ति

केन्द्रभाग मिडिया

पोखरा ।
बेलायतको युनिभर्सिटी सन्डरल्याण्ड बाट सम्बन्धन प्राप्त नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त पोखरा १५ अन्नपूर्ण मार्ग (वन क्याम्पस नजिक) स्थित आइएसएमटी कलेज पोखराले आफ्नो स्थापना कालदेखि नै विश्वस्तरिय बेलायतको शिक्षा पढाउँदै आएको छ । यस कलेजले पोखरामा नै बीबीए, बीएचएम र वीएस्सी आइटी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस आइएसएमटी कलेज पोखराले निम्न मध्यम वर्ग, मेहनती, लगनशिल तथा बीबीए, बीएचएम, बीएस्सी आइटी अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि अधिकतम १००% सम्म छात्रवृद्धि प्रदान गर्दै आएको कलेजले जनाएको छ ।

शान्त र सुविधा सम्पन्न यस कलेजमा अध्ययन गरिसकेपछि विद्यार्थीहरुले सम्बन्धित क्षेत्रमा दक्ष जनशक्तिको रुपमा काम गर्न तथा आफ्नो व्यापार व्यवसाय गर्न सक्षम भएर निस्कने छन् । साथै यस कलेजमा २ वर्षको अध्ययन पश्चात युके, अष्ट्रेलिया, तथा क्यानडामा क्रेडिट ट्रन्सफर गर्न सक्ने सुविधा पनि छन् ।

आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरु सञ्चालनमा छन् ।

  • १४ मंसिर २०८०, बिहीबार १६:५३ प्रकाशित