त्रिविका शिक्षक र कर्मचारीलाई शतप्रतिशत भत्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् ।

गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो ।

उक्त निर्णय फिर्ताको माग गर्दै त्रिविका कर्मचारीले आन्दोलन गरेका थिए । आन्दोलनका कारण ७ साउनमा कार्यकारी परिषद्ले पुनरावलोकन गरी सिफारिस गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिको सिफारिस अनुसार त्रिवि कार्यकारी परिषद्ले सिनेटको निर्णय उल्टाउँदै त्रिवि आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम, पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

१९ असोजमा बसेको कार्यकारी परिषदको बैठकले परीक्षा सञ्चालनसँग सम्बन्धित निकायअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत शिक्षकरकर्मचारीहरुको लागि कामप्रतिको इमान्दारिता तथा गोपनीयता, कामको जटिलता तथा संवेदनशीलता, कार्य सम्पादन स्तर र अतिरिक्त समय खटाई आदिको कार्य सम्पन्नताको अवस्थामा आधारित प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ ।

  • १५ कार्तिक २०८०, बुधबार ११:०० प्रकाशित