काठमाडौँ ।
एमाले वाग्मती प्रदेश अधिवेशनमा नेतृत्व छनोटका सुस्त रुपमा अघि बढेको छ । केन्द्रीय कार्यालयमा च्यासलमा जारी मतदानमा दिउँसो ३ बजेसम्म १ सय ५० जनाले मात्रै मतदान गरेको अध्यक्ष मण्डलका सदस्य रचना खड्काले जानकारी दिएकी छिन् । मतदाता ११ सय ६७ जना छन् ।
विद्युतीय भोटिङ मेसिनको प्रयोग गरि गरिएको मतदानमा एक जना मतदातालाई मतदान गर्न कम्तीमा १० मिनेट लाग्ने गरेको उनको भनाइ छ ।एक पटकमा ४० जनालाई मदातान गर्ने व्यवस्था गरिएको छ । पहिलो वाग्मती प्रदेश अधिवेशनमा अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।
त्यसैगरी सचिवमा नवराज सिलवाल र हस्त पण्डित प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २ सय ४० सदस्यीय कमिटीमा ७९ पदका लागि २ सय ९० जना प्रतिस्पर्धामा छन् ।
गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको बन्द सत्र प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो । सहमति गर्ने भन्दै निर्वाचन कार्यपालिकामा पटक-पटक परिमार्जन गरेपनि सहमति जुट्न नसकेपछि शुक्रबार अपरान्हबाट मतदान सुरु भएको हो ।













