गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छ : जिसस प्रमुख पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।
सीप हस्तान्तरण सशक्तीकरण (नेस्ट),पोखराको २१ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गदैँ गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने बताए ।

पौडेलले गैरसरकारी संस्था जनता र राज्यप्रती थप जबाफदेही हुनुपर्नेमा जोड दिए। आफ्नो कार्यक्षेत्रप्रती स्पस्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसंग प्रभाबकारी समन्वय गर्न आग्रह गरे।

कमिकमजोरीहरू निराकरण गर्दै आफुहरूले गैरसरकारी संस्थाको सबलिकरणमा जिल्ला समन्वय समितिले खेल्ने भुमिका सधै सहयोगी हुने उल्लेख गरे । कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का , वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी , पोखरा महानगर पालिका सामाजिक बिकास अधिकृत गीता न्यौपाने ,पोखरा महानगरपालिका वडा न ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पबित्रा केसि लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

साधारण सभाले सूर्य प्रसाद न्यौपानेले पेश गरेको सचिबको प्रतिबेदन र संजय सुबेदीले पेश गरेको कोषाध्यक्षको प्रतिबेदन सर्बसम्मत रूपले पारित गरेको थियो। संस्थाका अध्यक्ष आनन्द कुमार पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

  • ६ आश्विन २०८०, शनिबार ११:५५ प्रकाशित