नेपाल र्वल्ड एजुकेशन नेटवर्क पोखराको ‘एड्मिसन इन्फरमेसन डे सम्पन्न’ : उच्च शिक्षाका लागि विदेश जान चाहने करिब ५०० विद्यार्थीले लिए परामर्श

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको चिप्लेढुंगा स्थित सेलवेज टावरमा सञ्चालित नेपाल र्वल्ड एजुकेशन नेटवर्कले आज (शुक्रबार) वृहत ‘एडमिसन इन्फरमेसन डे’ सम्पन्न गरेको छ ।

एक विशेष कार्यक्रमको आयोजना गरि गरिएको ‘एड्मिसन डे’ मा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थापन मन्त्री महेन्द्र धोज जिसी र निर्वतमान शिक्षामन्त्री देवेन्द्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री महेन्द्रध्वज जिसीले उच्च शिक्षाका लागि विदेश गएता पनि शिक्षा र सिप हासिल गरेपछि स्वेदश फर्किनुपर्ने बताए ।

आफुहरुको पालामा पढ्नका लागि विदेश जाने चलन नभएको बताउँदै हाल पढ्नका लागि विदेश जाने चलन बढीरहँदा विश्वको जुनसुकै कुनामा गएर सिकेको ज्ञान सिप आफ्नै देशमा उपयोग गर्नुपर्ने मन्त्री जिसीले बताए ।

यस्तै निर्वतमान शिक्षामन्त्री देवेन्द्रराज पौडेलले विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिलाउनका लागि सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

अहिलेको समयमा विद्यार्थीलाई आफ्नै देशमा पढेर आफ्नै देशमा पनि गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु सरकारको लागि चुनौती बनेको समेत पौडेलले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, हिसान गण्डकीका वरिष्ठ उपाध्यक्ष डा.रामजी शर्माको विशेष आतिथ्यता रहेको थियो ।

युके, क्यानडा, युएसए,अस्ट्रेलिया र न्युजिल्यान्ड गरि पाँच देशका झण्डै ३२ प्रतिनिधिले विद्यार्थीलाई परामर्श दिएका थिए । भने करिब ५०० विद्यार्थीले परामर्श लिएको नेपाल वल्र्ड एजुकेशन नेटवर्कका सिइओ कमलराज रेग्मीले जानकारी दिए ।


उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई सत्य तथ्य सूचना तथा परामर्श दिनका लागि एडमिसन इन्फरमेसन डे को आयोजना गरिएको सिइओ रेग्मीले बताए ।

परामर्शका क्रममा विद्यार्थीले कुन देश जाँदा आफुलाई ठिक हुने, कुन देशका कुन कलेजले कति एजुकेसनल ग्याप एक्सेप्ट गर्छ, भिसा प्रसेस कस्तो हुन्छ, ब्याचलर मास्र्टसका लागि कति जिपिए वा प्रतिशत चाहिन्छ, आएल्ट्स,पिटिए कुन गर्दा ठिक हुन्छ, भिसाको रेसियो कस्तो छ लगायत विषयमा जानकारी लिएको सिइओ रेग्मीले बताए ।

शिक्षाका लागि विदेश जाँदा हस्पिटालिटी क्षेत्रका या अन्य कुनै पनि सामान्य सिप सिकेर जान आफुले विद्यार्थीलाई सल्लाह दिने गरेको रेग्मीले बताए ।

कार्यक्रममा नेपाल वल्र्ड एजुकेशन नेटवर्कका फाउन्डर(अध्यक्ष) टि.एन शर्माले स्वागत मन्त्व्य राखेका थिए ।

  • ५ श्रावण २०८०, शुक्रबार १९:१० प्रकाशित