कांग्रेस उम्मेदवार भट्टराईको प्रतिबद्धता : ५ वर्षभित्र तनहुँ १ का सबैलाई रोजगारी

केन्द्रभाग मिडिया

पोखरा ।

तनहुँ १ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

भट्टराईले जारी गरेको प्रतिवद्धतामा ५ वर्षभित्र तनहुँ १ मा सबैलाई रोजगारी, सबै घरमा खानेपानी र सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेको भट्टराईले निर्वाचन केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ५ वर्षभित्र तनहुँ १ मा सबैलाई रोजगारी सबै घरमा खानेपानी सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

‘सबै विद्यालयको आधुनिकीकरण सबै पालिकामा ५० शय्याको अस्पताल पुर्याउने गरी कार्यक्रमहरू अघि बढाउनेछु,’ उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

उम्मेदवार भट्टराईले सुशासन आफ्नो उच्च प्राथमिकताको विषय हुने बताए । तनहुँ १ का विभिन्न क्षेत्रका सडक स्तरोन्नति तथा कालोपत्रे ५ वर्षभित्र गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • २९ चैत्र २०७९, बुधबार १५:४६ प्रकाशित