कार भिरबाट खस्दा चार भारतीय नागरिकको ज्यान गयो

केन्द्रभाग मिडिया

सिन्धुली ।

सिन्धुलीमा कार दुर्घटना हुदाँ चार भारतीय नागरिकको ज्यान गएको छ ।

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक गएराती कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार दुर्घटना गए राति १२ स् ३० बजे भएको हो । भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । कारमा सवार पाँचै जनाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

  • २९ चैत्र २०७९, बुधबार ०८:५२ प्रकाशित