पर्वत ।
पर्वतमा जिप दुर्घटना हुदाँ एकको ज्यान गएको छ भने अर्का एक घाईते भएका छन् । पर्वतको महाशिला गाउँपालिकामा गए राति भएको जिप दुर्घटनामा पर्दा चालकको ज्यान एको जिल्ला प्रहरी कार्यालयले पर्वतले जानकारी दिएको छ ।
दुर्घटनामा महाशिला–४ धनुवासका चालक ३७ वर्षीय ख्यामबहादुर विकको उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको हो ।
सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।