पोखर ।
नेवा मिसा पुचः कास्कीमा नयाँ कार्यसमिति चयन भएको छ । नेवा मिसाः पुचः कास्कीको शनिवार भएको चौँथो अधिवेशनले संगीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा शक्ति प्रधानाङ्गलाई चयन गरेको छ । त्यस्तै दित्तीय उपाध्यक्ष रेवीका श्रेष्ठ, महासचिव किरण विजुक्छे, उपमहासचिवमा रजनी श्रेष्ठ तथा कार्यसमिति सदस्यहरुमा अन्जु बाटाजु, सविना विजुक्छे, कमला श्रेष्ठ, मिना प्रधान सरस्वती श्रेष्ठ, मिरा श्रेष्ठ, सगीता श्रेष्ठ, शान्ता श्रेष्ठ र भवानी माकाजु चयन भए । यस्तै आमन्त्रित सदस्यहरुमा भावना श्रेष्ट, युगेन पालीखे, शान्ती श्रेष्ठ, इन्द्रा श्रेष्ठ, पविता श्रेष्ठ,बिष्णु श्रेष्ठ , निर्मला श्रेष्ठ, शमीला प्रधानाङ्ग ,शोभा श्रेष्ठ , रेष्मा श्रेष्ठ, सिता देवांजु, सविता श्रेष्ठ र शर्मिला श्रेष्ठ चयन भए ।
नेवा मिसा पुचः कास्कीको नवौँ साधारणसभा तथा चौँथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद विद्या भट्टराईले नेवा मिसा पुचःले नेवा संस्कृति जगेर्ना राख्न महत्वपुर्ण भुमिका खेलेको बताएकी छन् । एमाले सांसद भट्टराईले नेवा मिसा पुचः कास्कीले महिला सशक्तिकरण गर्नमा समेत महत्वपुर्ण भुमिका खेलेको बताइन्। महिला सशक्तिकरणको बारेमा बोल्दै उहाँले अझैपनि महिलाहरुमा सिप क्षमता र दक्षता भएर पनि उद्यमशिल बन्न निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताए ।
कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय अझैपनि अगाडी बढ्न हिचकिचाउने गरेको बताउदै नेवार समुदायका मानिसहरु खाली अरुलाई अगाडी सार्ने र भ¥याङ मात्र बनेको बताए। साथै उनले आगामी स्थानीय तह निर्वाचनमा कास्कीका सबै पालिकाहरुमा सके अध्यक्ष र कम्तिमा पनि वडा सदस्यमा भएपनि नेवारी महिलाहरुले उम्मेदवारी दिनुपर्ने र यसमा नेवा खल कास्की र नेवा मिसा पुचःले आवश्यक सहयोग गर्ने बताए ।
नेवा मिसा पुचको चौँथो अधिवेशन सँगै अध्यक्ष मेनुका श्रेष्ठको कार्यकाल सकिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेवारी सस्कार संस्कृति र नेवारी महिलाहरुको शसक्तिकरण गर्नमा सक्दो कोशिस गरेको बताए । साथै उहाँले आफ्नो कार्यकाल सफल भएको दावी समेत गरे। आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै निवर्तमान अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि कास्कीमा रहेका विभिन्न सरकारी निकायले नेवा मिसा पुचः कास्कीलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।















