सरकारले मेरो हस्ताक्षर दुरुपयोग गर्यो : चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्। बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट आफ्नो डिजीटल हस्ताक्षर गरिएको भन्दै केसीले आपत्ति जनाएका छन्।

दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका गम्भीर मतभेदहरु रहेको अध्यक्ष केसीले जारी गरेको वक्तव्यमा उल्लेख छ।जनमोर्चा दश दलीय गठबन्धनमा सामेल भएपनि मन्त्रालयको भागबन्डा र सरकारको न्यूनतम कार्यक्रमप्रति भने चासो देखाएको छैन।

अध्यक्ष केसी हाल उपत्यका बाहिर छन्। बिहीबार चितवनमा पार्टीले आयोजना गरेको चुनावी प्रचारका शिलशिलामा पत्रकार सम्मेलन गरेका केसी आज (शुक्रबार)प्रगतिशील पत्रकार संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न बुटवल पुगेका छन्।

  • २४ चैत्र २०७९, शुक्रबार १३:२० प्रकाशित