पोखरा ।
लायन्स क्लब अफ पोखरा आदर्श चौतारी को बर्ष २०२३/२४ का लागि दामोदर आचार्य अध्यक्ष चयन भएका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आइ अन्तर्गत क्लबको प्रथम उपाध्यक्ष सुर्यप्रसाद पोखरेल , द्धितीय उपाध्यक्षमा नारायण थापा, तृतीय उपाध्यक्ष भगवान श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सचिवमा दिपकप्रसाद घिमिरे , कोषाध्यक्ष सन्जिब बास्तोला , सहसचिव दिपक गुरुङ र सह कोषाध्यक्ष नारायण प्रसाद लामिछाने चयन भएका छन् ।
त्यसै गरि पढाउ अभियान कार्यक्रम सयोजकमा किशोर कुमार रन्जित , क्लब मार्केटिङ सन्जय शर्मा , मेम्बरसिप चेयरपर्सन राजन भण्डारी ,एल.सि.आइ. एफ .कोडिनेटर सुर्य राना, सर्भिसचेयर पर्सन सबिन गौतम चयन भएका छन् ।
यस्तै क्लब सल्लाहकारमा अशोक के.सी., शिव नेपाली , पोषण खनाल, शकर कार्की , सुशील कोइराला र श्री गिरि चयन भएका छन् । प्रमुख अतिथि डिस्ट्रिक इभ्यालुसियन चिफ पबित्रराज तिवारीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रमको अध्यक्षता रुकबहादुर गुरुङले गरेका थिए ।
कार्यक्रममा सस्थापक अध्यक्ष बासुदेव कोइराला , जोन १० का जोन चियर पर्सन कृष्ण श्रेष्ठ रोजि, रिजन मोहन राज पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए। निर्वाचन संयोजक बसन्तराज कोइरालाले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गरेका थिए भने एडभाइजर भरतराज सिग्देलले धन्यवाद ज्ञापन र सचीव भगवान श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।