‘नो पार्किङ’को विरोधमा बजार बन्द

केन्द्रभाग मिडिया

विराटनगर ।

विराटनगर महानगरपालिकाले मुख्य सडकमा पार्किङ निषेध गरेपछि व्यापारीले बजार बन्द गराएका छन् ।सडकमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले विराटनगर मेन रोडका पसल बन्द गराएका हुन् ।

विराटनगर महानगरपालिकाले दुई महिना अगाडि मेन रोड र व्यस्त रहने भित्री सडकमा पार्किङ निषेध गरेको थियो ।महानगरपालिकाले पार्किङ निषेध गर्दा व्यापार घटेको भन्दै व्यापारीले केही दिनयता अवज्ञा गर्दै आएका छन् ।

व्यापारीले अवज्ञा गर्दै सडकमा राखेका सवारी साधनलाई महानगरपालिकाले लक गरेर राखेको छ । सडकमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले बजार बन्द गराएका हुन् ।

  • २२ चैत्र २०७९, बुधबार १६:०३ प्रकाशित