आज देखि पोखरामा ‘यचु हेयर आयल’को बिक्रीवितरण

केन्द्रभाग मिडिया

पोखरा ।

जडिबुटिजन्य पदार्थबाट बनेको विशुद्ध नेपाली उत्पादित यचु हेयर आयलको आजदेखि पोखरामा बिक्रीवितरण सुभारम्भ भएको छ ।

एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयल यचुको शाखा पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा रहेको छ । पोखरामा विस्तारित यचु आयलको शाखाको आज एक कार्यक्रमका बीच औपचारिक उद्घाटन भएको हो । यचु हेयर आयल केमिकलरहित तरिकाले उत्पादन हुने यचुका अध्यक्ष उज्वल मानन्धरले बताएका छन् ।

पछिल्लो समयमा शहरी क्षेत्रका व्यक्तिहरुमा कपाल सम्बन्धि समस्या धेरै रहेको हँुदा कम उमेरमै कपाल झर्ने समस्या, तालु हुने समस्या तथा कपालमा चाँया पर्ने समस्यालाई मध्यनजर गर्दै आयुर्वेदिक तरिकाले नेपालमै लामो समयदेखि प्रयोगमा रहेको विधीबाट यो तेल उत्पादन गर्न शुरु गरिएको उनको भनाई छ ।

शुभारम्भको अवसरमा एक हप्तासम्म कम्पनीको हेयर ट्रीटमेण्टको टोली पोखरामा रहेर सेवा प्रदान गर्ने भएका छन् । १ हप्ताको समयमा यचुका पुराना प्रयोगकर्ताका लागि निःशुल्क क्याम्प पनि सञ्चालन हुने भएको छ ।

यचु तेलको २ सय ५० एम एलको मूल्य २ हजार ५ सय रहेको छ । काठमाण्डौको स्वयम्भुमा मुख्य कार्यालय रहेको यचुको यसअघि काठमाण्डौंको पानीपोखरी र जोरपाटी तथा चितवनको हाकिमचोकमा शाखा बिस्तार भइसकेको छ ।

  • २२ चैत्र २०७९, बुधबार १४:४० प्रकाशित