सबैभन्दा धेरै उजुरी पर्ने मान्छे मै होला, यी उजुरीको जवाफ वैशाख १० को मतपत्रले दिन्छ : रवि लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि बारबार परेको उजुरीको जवाफ वैशाख १० गतेको मतपत्रले दिने दाबी गरेका छन् ।

आफ्नो काँधमा देशको सबैभन्दा ठुलो पार्टी बनाएर देश निर्माण गर्ने जिम्मेवारी रहेकाले नै आफुमाथि उजुरी परेको लामिछानेले बताएका छन् । तीउजुरीको जवाफ आफुले दिदै गर्ने तर जनताले भने वैशाख १० मा मतपत्रमार्फत दिने उनले बताएका हुन् ।

चितवनमा चुनावी अभियानका क्रममा उनले भने, ‘सम्भवतस् सबैभन्दा धेरै उजुरी पर्ने मान्छे मै होला। मलाई थाहा छ। मेरो काँधमा पार्टीलाई सबैभन्दा ठुलो बनाउने जिम्मेवारी पनि छ। त्यसैले त मेरो काँधमा यति धेरै उजुरी परेका छन्। ती उजुरीहरूको जवाफ म दिँदै जाउला। तर, तपार्ईंले दिने जवाफ वैशाख १० को मतपत्रले मात्रै दिन्छ। यो मुलुक बनाउँछु भनेर आएको हुँ। म अहिले एक्लै छैन १९ जना सांसद साथीहरू संसदमा हुनुहुन्छ। हामीलाई केही डर छैन।’

उनले पदमा पुगेर शक्ति आर्जन गरेर दुरुपयोग गर्ने कुनै योजना नभएको बताए। उनले भने, ‘आज केही हानी नगर्दा जवाफमाथि जवाफ दिएर बसेको छु। भ्रष्टाचारीहरू जेल जान नपर्ने, भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई जेल हाल्न तयार भएर बसेका छन्। हेर्नुहोला यिनै हातले भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज यहाँ लिएर आउनेछु।’

  • २२ चैत्र २०७९, बुधबार १४:०७ प्रकाशित